Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता


१६ चैत्र २०७३, बुधबार


काठमाडौँ । भौतिक पूर्वाधार एवम् यातायात व्यवस्थामन्त्री रमेश लेखक र नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीबीच बुधवार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्री लेखकको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, अन्तरदेशीय यातायात सञ्जाल विस्तार र भारतीय सहयोगमा सञ्चालित आयोजनाका बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा मन्त्री लेखकले दुई देशबीच उच्चस्तरको भ्रमणका बखत सहमति भएका परियोजना निर्माणलाई नेपाल सरकारले प्राथमिकता दिएर काम गरेको जानकारी गराउनुभएको मन्त्रालयले जनाएको छ । भारतले सडक, विद्यालय भवन, स्वास्थ्य संस्था, विद्युत्जस्ता पूर्वाधार र तटबन्ध निर्माणका क्षेत्रमा नेपाललाई विशेष रुपमा सहयोग पु¥याउँदै आएको छ ।

भारतीय राजदूत पुरीले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध आफ्नो कार्यकालमा थप सुदृढ तुल्याउने विश्वास दिलाउँदै नेपाललाई भारत सरकारले दिँदै आएको सहयोगलाई निरन्तरता दिई थप लगानीका क्षेत्रको पहिचान गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस