Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु ,एक घाइते


१६ चैत्र २०७३, बुधबार


बस दुर्घटना

चितवन । चितवनको भरतपुर ओरालोमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकि छिन् ।

भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नं.को ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको चितवनका प्रहरीनायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निर्मायाको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको हो भने ललिताको कजेलमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो । घाइते चितवन भरतपुरकी सूर्यकुमारी श्रेष्ठको सोही कलेजमा उपचार भइरहेको र साँझ ५ः१५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालकसमेत घाइते रहेको उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस