१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात्तीपाइले रोग अभियान

अ+ अ-

भद्रपुर । हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले औषधि सेवन गरी आज यहाँ उद्घाटन गरे ।

यही चैत १७, १८ र १९ गते खुवाइने सो औषधिसँगै जुकाका औषधि पनि खुवाइने छ ।

सो कार्यक्रम यस वर्ष छैटौँ वर्षमा प्रवेश गरेसँगै झापामा सात लाख ३३ हजार जनालाई खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुई वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी तथा ७० वर्ष उमेर पुगेका एवम् छारे एवं गम्भीर दीर्घ रोगीले सेवन गर्न नहुने सो औषधि दुईदेखि पाँच वर्षकाले एक , छदेखि १४ वर्षकाले दुई र सोभन्दा माथिकाले तीन चक्की सेवन गर्नुपर्ने बताइएको छ ।

यहाँ हाल खुट्टा सुनिएका दुई सय ७३, हात र स्तन सुनिएका एक सय एक र अण्ठकोष वृद्धि भएका छ सय ६३ जना हात्तीपाइले रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रम शुभारम्भका क्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले हात्तीपाइले जस्ता रोगबाट बच्नका लागि निःशुल्क रुपमा वितरण गरिने यस्ता औषधि सबैले खानुपर्ने सल्लाह दिए । रासस

प्रतिक्रिया दिनुहोस