स्थानीय निर्वाचनका लागि सामग्री सहयोगका लागि आग्रह « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

स्थानीय निर्वाचनका लागि सामग्री सहयोगका लागि आग्रह


१५ चैत्र २०७३, मंगलबार


काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग मंगलबार भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

गृह मन्त्रालयमा आज अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले निर्वाचन सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गरिने विश्वास दिलाए । उनले नेपाल–भारतबीचको शदियौँ पुरानो घनिष्ठ सम्बन्ध आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए । रासस

प्रतिक्रिया दिनुहोस