राष्ट्रिय कराते शनिबारदेखि हुने « प्रशासन
prasaLogo
१४ चैत्र २०७३, सोमबार

राष्ट्रिय कराते शनिबारदेखि हुने


प्रकाशित मिति : 27 March, 2017 4:45 pm

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा ४८ औं राष्ट्रिय कराते प्रतियोगिता आउदो शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, प्रहरी, एपीएफ क्लब र आयोजकको एकसहित ९ टिमको सहभागिता रहने आयोजक समितिका संयोजक देवकुमार लामाले जानकारी दिए । समितिका सह–संयोजक मजिन्द्र सिंहले प्रत्येक टिमबाट २२ का दरले १ सय ९८ खेलाडीको सहभागिता रहने बताए ।

प्रतिक्रिया दिनुहोस