नेपाललाई पाकिस्तानसँग ६ विकेटको हार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाललाई पाकिस्तानसँग ६ विकेटको हार


१४ चैत्र २०७३, सोमबार


काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ।

नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले २ विकेट लिए भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।

नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस