प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सी जिनपिङ बिच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सी जिनपिङ बिच भेटवार्ता


१४ चैत्र २०७३, सोमबार


चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको वताएका छन् ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा सोमबार दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले बताए ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।

राष्ट्रपतिसँगको छलफलमा नेपाल र चीनबीच दुई देशीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । राष्टपतिले नेपालमा चुनाव घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि ९ मिलियन आरएमबी सहयोग गर्ने जानकारी दिए ।

चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको वताएका छन् ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा सोमबार दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले बताए ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।

राष्ट्रपतिसँगको छलफलमा नेपाल र चीनबीच दुई देशीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । राष्टपतिले नेपालमा चुनाव घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि १४ करोड ४० लाख नेपाली सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस