सहकारी दिवस मनाउन फुटबल प्रतियोगिता « प्रशासन
prasaLogo
१४ चैत्र २०७३, सोमबार

सहकारी दिवस मनाउन फुटबल प्रतियोगिता


प्रकाशित मिति : 27 March, 2017 10:59 am

नेपालगन्ज । साठीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सोमबार पत्रकार–११ र कोहलपुर–११ बीच भएको फुटबल खेलमा कोहलपुर–११ एक गोलले विजयी भयो ।

नकआउटका आधारमा खेलाइएको खेलमा कोहलपुर–११ का तर्फबाट लोकेन्द्र हमालले गरेको गोल नै निर्णायक बन्यो ।

कुल चार टिमको सहभागिता रहेको सो फुटबल प्रतियोगिताको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले उद्घाटन गरेका थिए । प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस