भारतीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

भारतीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


प्रशासन संवाददाता

१३ चैत्र २०७३, आइतबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका आवासीय राजदूत मञ्जिभसिंह पुरी र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत रविना प्याट्रिसिया मार्कस्ले राष्ट्रपति कार्यालयमा आइतवार अपराह्न आयोजित विशेष समारोहमा आ–आफ्ना ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

भारतका राजदूत सिंह आफ्नो कार्यभार सम्हाल्न शनिबार राजधानी आइपुगेका थिए । राजदूत माकर्स् श्रीलङ्काका लागि दक्षिण अफ्रिकी कूटनीतिक हुन् । त्यसअवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस