४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केजरीवाललाई गालीबेइज्जती मुद्दामा अदालतमा उपस्थित हुन आदेश

अ+ अ-

नयाँदिल्ली(एजेन्सी) । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उनको आम आदमी पार्टीका पाँच नेतालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा दर्ता गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा उपस्थित हुन आदेश दिएको छ ।

दिल्ली महानगरपालिकाका प्रमुख दण्डाधिकारी (म्याजिस्ट्रेट) सुमित दासले आम आदमी पार्टीका प्रमुख नेता केजरीवालसहित आरोपित सबैले उक्त मुद्दामा उपस्थित हुन आग्रह गरिएको बताए । मुद्दामाथि कारबाही भने मे २० पछि सुरु हुनेछ ।

अदालतमा उपस्थित हुन बोलाइएका केजरी वालसहित आशुतोष, कुमार विश्वास, सञ्जय सिंह, राघव चड्ढा र दीपक पाजपेयी छन् । उनीहरुमाथिको आरोपलाई अदालतले सही ठहर गरेमा सबै जनाले बढीमा दुई वर्षसम्मको जेल सजाय भोग्नु पर्नेछ ।

केजरीवालसहितका आम आदमी पार्टीका नेताहरुले भारतीय अर्थमन्त्री जेट्ली दिल्ली क्रिकेट सङ्गठनका अध्यक्ष भएको (सन् २०००–२०१२) को समयमा आर्थिक अनियमितता गरेको आरोप लगाएको भन्दै दुई वर्ष पहिले मुद्दा दर्ता भएको थियो ।

जेट्लीले आम आदमी पार्टीका नेताहरुले आफूमाथि झुटो तथा विद्वेषपूर्ण लाञ्छना लगाउँदै आफ्नो बेइज्जत गर्ने अभियानमा संलग्न भएको भन्दै यसबाट आफू र आफ्नो परिवारको इज्जतमा अपूरणीय दाग लागेको भनी मुद्दा दायर गरेका थिए ।

सन् २०१५ को विधानसभा निर्वाचनमा पूर्व सरकारी कर्मचारी केजरीवालको दलले बहमुतका साथ नेतृत्वमा पुगेको थियो ।

केजरीवाललाई भारतीय राजनीतिमा आफ्ना विरोधीविरुद्ध विना आधार दोषारोपण गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस