१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा चौध हजारको स्वास्थ्य बिमा

अ+ अ-

बैतडी। सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएका छन् । “स्वास्थ्य बिमा गराउन जिल्लाभर दर्ता सहयोगी खटाएका छौं,” साउदले भने– “स्वास्थ्य बिमा गराएकामध्ये ५७ जनाले सेवा लिइसकेका छन् ।”
यसमध्ये ४५ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट, ३ जनाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट र ९ जनाले डडेल्धुरा उपक्षेत्रीय अस्पतालबाट सेवा लिएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारले वार्षिक रुपमा दुई हजार ५ सय तिरेमा ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ । पाँचजना भन्दा बढी भएमा ४ सय २५ का दरले थप रकम तिरी अधिकतम १ लाखसम्मको उपचार खर्च पाउन सक्ने प्रावधान रहेको छ ।

बैतडीमा स्वास्थ्य बिमाबारे जानकारी गराउन ७० जना दर्ता सहयोगी रहेका छन् । स्वास्थ्य बिमा गराइसकेका बैतडीका स्थानीय बासिन्दाले जिल्लाको हकमा जिल्ला अस्पताल पाटन, प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर, स्वास्थ्य केन्द्र गोकुलेश्वर र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिनसक्ने बताइएको छ ।
सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली, बाग्लुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस