Logo २८ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वर्गद्वारीलाई उजिल्याउन ७ बुँदे घोषणापत्र


प्रशासन संवाददाता

१३ चैत्र २०७३, आइतबार


प्यूठान । स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सात बुँदे घोषणापत्र जारी गरेको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको समन्वयमा सङ्घको प्युठान शाखाद्वारा शनिबार स्वर्गद्धारीमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनसम्बन्धी एकदिने अन्तक्र्रिया तथा प्रचारप्रचार कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित व्यवसायीद्वारा यस्तो घोषणापत्र जारी गरिएको हो ।

स्वर्गद्वारी क्षेत्रमा भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा प्रसादको उपलब्धतालगायतका समस्या रहेको उल्लेख गर्दै व्यवसायीले सुविधा सम्पन्न होटल तथा लज बनाएर स्वदेशी÷विदेशी पर्यटकलाई सुविधा दिन आफूहरु तयार रहेको जनाएका थिए ।

कार्यक्रममा होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले स्वर्गद्वारी क्षेत्रमा संरचना निर्माणको अनुमति दिइए सांस्कृतिक तथा धार्मिक मूल्य मान्यताअनुरुप व्यवसाय सञ्चालन गरेर पर्यटन विकासमा योगदान दिने विश्वास दिलाए ।

पर्यटन व्यवसायलाई केवल व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक तथा धार्मिक सेवाका लागि पनि आफूहरुले उपयोग गर्न चाहेको उनको भनाइ थियो ।

स्वर्गद्वारीस्थित बाल तपस्वी वेद विद्यालय गुरुकुलम्का अध्यापक शालिकराम रिजालले आश्रम तथा तपोभूमि क्षेत्रको ऐतिहासिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै आर्थिक अभावले गाईपालनमा समस्या भएको बताए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष गञ्जबहादुर थापाले आफूहरु स्वर्गद्वारी विकास समिति र सरकारका कार्यक्रममा सहयोग गर्न तयार रहेको बताए ।
घोषणापत्रमा स्वर्गद्वारी पर्यटन विकास समिति गठन गरी स्वर्गद्वारी विकास गुरुयोजना कार्यान्वयन गर्नुपर्ने, व्यवस्थित र आधुनिक धर्मशाला निर्माण गर्नुपर्ने, भिडरी–स्वर्गद्वारी सडकखण्डको स्तरोन्नति गर्नुपर्ने, स्वर्गद्वारीको नाममा रहेका देशका विभिन्न ठाउँका जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने, स्वर्गद्वारीमा रहेको गौशालाको वैज्ञानिक व्यवस्थापन गरी गौ आरक्षण केन्द्रको रुपमा विकास गर्नुपर्नेलगायतका योजना समेटिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस