Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इराकको मोसुलमा हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु


१३ चैत्र २०७३, आइतबार


इराक । उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् ।

सेनाको हवाई आक्रमणमा मोसुल सहरमा केही सर्वसाधारणको समेत मृत्यु भएको नाइनमेह प्रान्तीय आयोगका प्रमुख बसार अल किकीले बताए । उहाँले सहरमा हवाई आक्रमणबाट भत्किएका भवनका भग्नावशेषमा दर्जनौँ मृत शरीर फसेको पुष्टि गरे ।

यसैगरी प्रान्तीय गभर्नर नाफल हमादीले आतङ्कवादी विरुद्धको सुरक्षा कारबाहीमा केही दिनयता १३० जनाभन्दा बढी सार्वसाधारणको मृत्यु भएको बताए ।

इराकी नाइनमेह प्रान्तको राजधानी मोसुलमा भएका हताहतीबारे स्वतन्त्र रुपमा पुष्टि गर्ने वातावरण भने अझै छैन ।

तर संयुक्त राष्ट्रसङ्घले मोुरलमा भएका हालैका हवाई कारवाहीमा मत्यु हुनेको सङ्ख्या योभन्दा निकै धेरै भएको जनाएको छ । राष्ट्रसङ्घले सेनाको सुरक्षा कारबाहीमा करिब ३०० मानिसको मृत्यु भएका तथ्याङ्क आफुले प्राप्त गरेको जनाएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस