Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ब्वाइज स्पोर्ट्स सेमिफाइनलमा


१३ चैत्र २०७३, आइतबार


काठमाडौँ । ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौं दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको प्रतिस्पर्धामा ब्वाइज स्पोर्ट्ले रुपन्देही युनाइटेड, बुटवललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । निर्धारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसअघि खेलको ८ औं मिनेटमा रुपन्देहीका विनोद गौतमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सविन शाक्यले २३ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि खेलको निर्णय सीधै पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत आइतबार डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लब र ढोलाहिटी युथ क्लब भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस