दैव लीला तेरी ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दैव लीला तेरी !


१२ चैत्र २०७३, शनिबार


१. इरु खेत सिरु दावा–पानी जबदले,
बासिजा खोलीका न्यौला–घुइँला शबदले

२. उइलाग्या उदासी मैना–उइबजी बासुली,
तो सम्झे हृदय रुनो–म कैल हासुली

३. सोच्या ठौर परानी नै–रुँ भने आँसु नै,
ऐनामाथि छायाँ हेर्या–हड्डीलाई मासु नै

४. बुका डाँडा सलानीमा–पानीकी तीस् लागि,
कैकोब लागने लाग्यो–कैकिब रिस् लागि

५. बरलाया पिपल लाया–क्यै भएन धर्म,
पानीले पखाल्या जसो–कठै ! मेरा कर्म

६. गौं काटी पोलेर ल्याउनु–बैशाखका उमा,
सुख पाउँन्या करम छैन–घुमा कर्म घुमा

७. काइँ पानी पडेर पैरा–काइँ छैन बादल,
उन्दिन सम्झेका बेला–मन् हुन्छ पागल

८. घाम् भौतै जेठका मैना–उराठ लाउँन्या चैत,
परानी छुट्टीजापन–साथ् छुटना हैत

९. दुई दिने मान्छेको चोला–किलाइ दुःख हुनो हो,
बाँच्या सम्म सुखशान्ति–भया के हुनो हो

१०. सुख्ख–दुख्ख मिसियाको–जुनी जिन्दगानी,
मान्छेको अमूल्यचोला–कर्कलाको पानी

११. आउनु एक्लै जानुएक्लै–गर्भ बासो एक्लै,
हाँस्नु एक्लै रुनु एक्लै–दुख्ख भोग्नु एक्लै

१२. अरेका कर्मको फल–भोगनु पडन्छ,
कर्मरेखा मेटिन्या नै–शास्त्रले भणन्छ

१३. फल् भोग्नु छ परलोक–धर्ती कर्म क्षेत्र,
जन्माउन्या ईश्वर तेरो–लीला छ विचित्र

१४. क्वै सुखी छन् क्वै दुःखी छन्–क्वै छन् बराबरी,
कर्मफल भगवान–मिलउँछै कसेरी ?

१५. क्वै छन् धनी क्वै गरीब क्वै–क्वै माग्न्या भिखारी,
यो सबै कर्मको भाग–दैव लीला तेरी !

प्रतिक्रिया दिनुहोस