Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सालिक सभा


१२ चैत्र २०७३, शनिबार


धत् लाटा !
मान्छे भएर सालिकहरूसँग गुनासा गर्छौ
के सुन्छ र सालिकले ?

ठिक काठमाडौंकोले झैं
कानहरू भित्र
जमाएर दम्भको बाक्लो पत्र
छातीभित्र अठ्याएर कडा ग्रेफाइट
र, अनुहारमा पोतेर एकनास को रङ्ग
सालिकहरू
असंवेद् छन् हरेक संवेदनाहरू देखि
टाढा छन दया, माया र करुणा जस्ता भावहरू देखिन्
र अनभिज्ञ छन् जीवनको उष्मा देखिन्
त्यसैले ठिक सिंहदरबार झैं
तिम्रा हरेक दुःखमा, क्रन्दनमा र पुकारमा
मात्र मौन मात्र रहने गर्छन् सालिकहरू ।

धत् लाटा !
मान्छे भएर सालिकहरूसँग गुनासा गर्छौ
कहाँ बुझ्छ र सालिकले ?

यो चौर, यो चोक या यो दरबारको प्रांगण
हरेक ठाउँ बिर्ता बनाएका छन् सालिकहरूले
हरेक पल्ट मनावाकृति देख्नासाथ
अनुहारमा स्थिरभाव ल्याउँछन् सालिकहरू
र नेपथ्यमा निरन्तर
समयका मानसपटलमा ओकली राख्छन् सालिकहरु
व्यवस्थाको छाद ।

मान्छेले नै
मान्छेभन्दा केही माथि उक्ल्याएर उभ्याइदिए पछि
मान्छेलाई झुकेर कहाँ हेर्छन् र यी सालिकहरू
सधैं हेरेर क्षितिज तर्फ
मान्छे होच्याउन उद्दत निर्जीव मानव प्रतिरूपहरू !

हिंड, घर फर्क
मान्छेहरूसँग गुनासा गर
मान्छे पो मान्छे हुन्छ
सुन्न सक्छ, पग्लिन सक्छ, मान्न सक्छ
यी इतिहासका अपचहरूसँग के कुरा
यी वर्तमानका अनागरिक निर्जीव मूर्तिहरूसँग के गुनासा
यी संग्रहालयको शोभा बन्न लायक
मक्किन नसकेका प्रतिरूपसँग के अपेक्षा
ठुस्स गन्हाउने
बासी प्रागैतिहासिक विचारहरू छातीमा टाँसेर
रद्दी हुन नसकेका यी बहीखाताहरूसँग के हर÷हिसाब
र के को मन्त्रणा यी भूतका प्रतिछायाँहरूसँग ?

आऊ वर्तमानलाई अंगालौं
र यस वर्तमानको निम्ति
खोजौं कुनै फराकिलो आँगन
जहाँ कुनै दरबार अगाडि दम्भसाथ उभिएको सालिकले
छेक्दैन पारिलो घाम ।

आउ कुनै त्यस्तै ठाउँमा बसेर
मान्छे मान्छे मिली डाँको छाडेर रोऔं
अट्टहास गर्दै हाँसौं
लुछालुछ गरौँ एक अर्कालाई
चिथरौं, कोपरौं, गाली गरौँ
अंकमाल गरौँ, तातो म्वाई खाऔं
सालिकहरूमा कहाँ हुन्छ जीवन उष्मा
त्यो त मान्छेमा पो हुन्छ ।

आऔं यस खुला चौरमा
मान्छे मान्छे बसेर
नेपथ्यमा भैरहेको सालिक सभाको विरोध गरौँ …. ।

Tags :
प्रतिक्रिया दिनुहोस