मनुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनुवा


१२ चैत्र २०७३, शनिबार


ओहो……..!
अचम्मित !
ठूलो भीरमा पानीका कुवा
अरे ……….!
ठूलै भीरमा एउटा गुफा
गुफा भित्र तलाउ रे !
आहा ! तलाउमै चाँदीको भित्ता
ओहो ! रातो पुलिस
कालो ओडारको
छिप छिपे पानीमा
मुद्दा लडिरहन्छ रे………मनुवा !

आधुनिक युगका
महलका द्वारलाई
दिईरहेछ चुनौति
खोल्सो माझको
डाँडो र पर्वत साथ
श्रृङ्गारिएको एक जोडी सुरुङ रे…….मनुवा !

शिखर माथि
बाक्लो घारी
झ्वाट्ट तान्दा निकै दुख्ने
च्वाट्ट काट्दा दुख्दै नदुख्ने
कठै ! त्यो कालो घाँस
चरिरहन्छन् भित्रै
हिमालपारिका जन्तु रे…..मनुवा !

Tags :
प्रतिक्रिया दिनुहोस