४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शुक्रवार भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले जानकारी दिए ।

सुरक्षा प्रबन्ध मिलाउँदा सीमावर्ती क्षेत्रमा आवश्यक पर्ने सूचना दुई देशबीच आदानप्रदान गर्ने तथा चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत, सामग्री र ज्ञानका लागि चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो । तातोपानी नाकालाई खोल्न नेपालले चीन सरकारसँग निरन्तर आग्रह गरिरहेको र आजको भेटमा समेत सो विषयमा छलफल भएको उनले जानकारी दिए ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ बिहीबार नेपाल भ्रमणमा आएका थिए । उनले शुक्रवार नै राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री र रक्षामन्त्रीसँग बिहीबार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस