सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण


११ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी शुक्रवारबाट सहायक रथी झंकर बहादुर कडायतले सम्हालेका छन् । मानार्थ उपरथी तारा बहादुर कार्कीले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच कडायतलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

करिव १८ महिना सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि मानार्थ उपरथी कार्कीले आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस