Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रस्ताव


११ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटी प्रदेशको सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रस्ताव गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर छलफल भएको थियो । बिहिवारदेखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले छिमेकीलाई दलबीच सहमति भएको सकारात्मक सन्देश सुनाउन चाहेको कुरा पनि बैठकमा राखेकोमा प्रतिपक्षले यसलाई थप छलफलको आवश्यकता औँल्याएको थियो ।

पहिलो चरणमा यादवसँग छुट्टै छलफल गरेका प्रधानमन्त्रीले दोस्रो चरणमा एमाले अध्यक्ष ओली र उपाध्यक्ष वामदेव गौतम तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए । दोस्रो चरणको छलफलपछि नेता गौतमले प्रधानमन्त्रीले सीमाङ्कनबाहेक अरू विषयमा सहमति गरौँ भनेर प्रस्ताव राखेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस