Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेद्वारा स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड निर्माण


प्रशासन संवाददाता

१० चैत्र २०७३, बिहिबार


भक्तपुर । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।

बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बिहीवार बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । पार्टीका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले बैठकले एमालेले अब सिङ्गो पार्टी पङ्क्ति स्थानीय तहको निर्वाचनमा खटाउने निर्णय गरेको तथा गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी तत्कालै गठन गरी निर्वाचन अभियानलाई तीव पार्ने निर्णय गरेको जानकारी दिए । बैठकले प्रदेश नं २ मा चैतभर प्रदेशस्तरमा विस्तारित भेला, जिल्लास्तरमा कार्यकर्ता भेला र गाउँ नगरस्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने कार्यविधि एवम् मापदण्डसमेत तयार पारिएको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धमा भने कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका एवम् महानगरपालिकाको उम्मेदवारको टुङ्गो सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने गरी कार्यविधि तयार गरिएको उनले बताए । त्यसैगरी एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकालाई मात्रै उम्मेदवार बनाउने र उम्मेदवारी समावेशी बनाउने भएको छ ।
त्यस्तै सरकारले निर्वाचन आचारसंहिता विपरीत सरुवा, बढुवा, बजेट विनियोजन गर्नेजस्ता निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै बैठकमा आपत्ति पनि जनाइएको छ । बैठकले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्रदेश नं २ मा स्थगित अभियानलाई आगामी वैशाख १ गतेदेखि सुरु गरिने भएको छ । एमालेले पार्टीमा नयाँ प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई पुनःआह्वान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस