Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गैंडाको नक्कली खाग र खाग बनाउने उपकरण सहित पक्राउ


१० चैत्र २०७३, बिहिबार


काठमाडौं । गैंडाको नक्कली खाग र खाग बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले खाग बनाउने उपकरण सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर फापरबारी गाविस–९ बस्ने २५ वर्षीय सोमबहादुर सिंगर, मकवानपुर धियाल गाविस–६ बस्ने १८ वर्षीय अनिलबहादुर लामा र ललितपुर उप–महानगरपालिका–१४ सानोगाउँ बस्ने काभ्रेपलाञ्चोक बल्थली गाविस–४ बस्ने ४५ वर्षीय शक्ति घिमिरे रहेका छन् ।

दुर्लभ वन्यजन्तु गैंडाको खाग ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर उपमहानगरपालिका–१५ खुमलटारबाट गैंडाको जस्तो नक्कली खाग १ थान सहित सिंगर र लामालाई चैत ८ गते पक्राउ गरी बुझ्दा उक्त खाग घिमिरेबाट खरिद गरेको खुल्न आएको थियो । घिमिरेले आफ्नो कोठामा बिभिन्न सामानहरु प्रयोग गरी गैंडाको खाग जस्तै नक्कली खाग बनाई बिक्री गर्ने गरेको बताएपछि उनलाई ललितपुरबाट नक्कली गैंडाको खाग बनाउन प्रयोग गरेका बिभिन्न सामानहरु सहित चैत ९ गते पक्राउ गरिएको हो ।

उनीहरुबाट ९ सय ४८ ग्राम तौल भएको गैंडाको जस्तो नक्कली खाग १ थान, नक्कली खाग बनाउन प्रयोग गरेका सामानहरु हेक्सो ब्लेट १, फलाम काटने कैंची १, पिलास २, सानो हथौडा २, ठूलो हथौडा २, रेती २, छिनो १, मुर्तीमा खोप्ने टाँगो ३, मुर्तीमा लेप लगाउने फलाम १ र कोइला समेत बरामद भएको छ ।्

उनीहरुलाई थप अनुसन्धान एबं आवश्यक कानूनी कारवाहीको लागि ब्यूरोले जिल्ला वन कार्यालय ललितपुरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस