Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराउन माग


प्रशासन संवाददाता

१० चैत्र २०७३, बिहिबार


काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध गराउन वन मन्त्रालयसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधारणले घर बनाउन नसकेको गुनासो आइरहेका बेला प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बिहीवार वनसचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीसँग छलफल गर्दै काठ उपलब्ध गराउन माग गरेका हुन् ।

बैठकमा भूकम्पपीडितलाई सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन पोखरेलले आग्रह गरे ।

आवश्यक गृहकार्य गरी सक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलब्ध गराउन पहल गरिने विभागका महानिर्देशक आचार्यले बताए । रासस

प्रतिक्रिया दिनुहोस