Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै शाह


१० चैत्र २०७३, बिहिबार


कञ्चनपुर । गायिका संगीता शाह पछिल्लो समय निकै चर्चा बटुलिरहेकी छन् । बुढीगंगा ४ नौबिस बाजुरा घर भै हाल महेन्द्रनगर कञ्चनपुरमा बस्दै आएकी गायिका शाहले हालसम्म तीन शस पचास वटा गीतमा स्वर दिइसकेकी छिन् ।

गायीका शाह लोक देउडा र दोहोरी गीतमा पछिल्लो समय निकै जमिरहेकी छन् । २०५६ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी शाह नेपाल पत्रकार महासंघ कञ्चनपुरकी सह–सचिव हुन् । उनी रेडियो पत्रकारिता पेसामा पनि आवद्ध छिन् ।

शाहका आफ्नै छ वटा एल्बम बजारमा आइसकेका छन् । उनका स्याप्प स्याउली (२०६२), हेपिएका चेली (२०६३), गुराउसी फुलफुल्या जन (२०६५), सुमधुर सम्झना (२०६६) जन्जाल्या पिरती (२०६७) र धनगडीमा घुम्न जाउला (२०७३) बजारमा आइसकेका एल्वम हुन् । शाहले सिरु पात्या लै लै, खप्तड मालिका, तेल छोडौ तेल छोडौ, सुनमा सुगन्ध, कनौलिका छाल, दसैं आयो तिहार आयो, धनगढीमा घुम्न जाउला देउडा गीत निकै चर्चित गीत हुन् ।

शाह गीतकार एवम् संगीतकार राजेन्द्र शाह ‘बिपी’ सँग बिबाह बन्धनमा बाधिएका कारण पनि सांगीतक यात्रा सहज भएको बताउछिन् । उनी आफुलाई श्रीमानले प्रेरणा दिने गरेकाले यो सफलता हासिल गर्न सजह भएको बताउछिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाकी अध्यक्ष समेत रहेकी शाहले देश, विदेशका बिभिन्न उत्सव, महोत्सव तथा कार्यक्रममा प्रस्तुती गरिसकेकी छिन् । शाहले आगामी दिनमा पनि सांगीतिक क्षेत्रमा नै आफ्नो यात्रा अगाडि बढाउने बताएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस