लण्डन घटनाको नेपाल सरकारद्वारा भत्र्सना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लण्डन घटनाको नेपाल सरकारद्वारा भत्र्सना


प्रशासन संवाददाता

१० चैत्र २०७३, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गरेका छन् ।

मन्त्री महतले नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाई घटनाको निन्दा गरेका मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

सन्देशमा परराष्ट्र मन्त्री डा महतले सो आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

साथै मन्त्री महतले नेपाली जनता र नेपाल सरकार यस्ता आतङ्ककारी घटनाका विरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गरेका छन् ।
बेलायतको राजधानी लन्डन सहरस्थित बेलायतको संसद् भवन अगाडि भएको आतङ्ककारी हमलामा परी पाँच जनाको ज्यान जानुको साथै अन्य ४० जना घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस