निर्वाचनमा सेना परिचालन गर्ने सुरक्षा परिषद् बैठकको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचनमा सेना परिचालन गर्ने सुरक्षा परिषद् बैठकको निर्णय


प्रशासन संवाददाता

१० चैत्र २०७३, बिहिबार


काठमाडौँ । सुरक्षा परिषद्को बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको राससलाई जानकारी दिए ।

मन्त्री खाँणले भने, “विगतको निर्वाचनमा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहयोगीका रूपमा नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ ।”

राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको उनले बताए ।

त्यसैगरी बैठकले वार्षिक प्रतिवेदन बनाउन सुरक्षा परिषद्अन्तर्गतको सचिवालयलाई जिम्मा दिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस