Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कविता दिवसमा ३६ कविका कविता वाचन


९ चैत्र २०७३, बुधबार


काठमाडौँ । विश्व कविता दिवसका अवसरमा मंगलबार एउटै मञ्चमा ३६ कविले कविता वाचन गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागद्वारा कविता वाचन कार्यक्रममा उनीहरुले आफूद्वारा रचित कविता वाचन गरेका छन् । कविहरु श्यामल, विजय सुब्बा, शकुन्तला जोशी, ठाकुर वेल्वासे, टङ्क उप्रेती, पुरुषोत्तम सुवेदी, फूलमान वल, स्नेह सायमी, विना थिङ, यशोदा अधिकारीलगायत ३६ जना कविले एउटै मञ्चबाट कविता वाचन गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविले वाचन गरेका कविताको समीक्षा गर्दै कविता संरक्षण गर्न आफू लाग्ने बताए । उनले कविताप्रति नयाँ पुस्ताको त्यति चासो नभएकाले जागरुक गराउन आवश्यक रहेको धारणा राखे ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले मानवीय ढङ्गबाट कवितालाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ विषयवस्तुमा सृजना गर्नुपर्ने भन्दै कविता सिर्जना गर्ने बानीको विकास युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस