पुरै पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने माओवादी निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुरै पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने माओवादी निर्णय


प्रशासन संवाददाता

९ चैत्र २०७३, बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरै पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण र मधेशी मोर्चासँग भइरहेको छलफलबारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने जानकारी बैठकमा दिनुभएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा औपचारिक सम्झौताका लागि आधार तयार पार्ने काम हुनेछ ।

यसैगरी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले मधेशी मोर्चासहित आन्दोलनरत पक्षसँग सहमतिका लागि भइरहेका प्रयासवारे जानकारी गराएका थिए । बैठकले संविधान संशोधनको प्रस्ताववाट सिमांकनको विषयमा अहिले दुई तिहाई पुग्न नसकेका कारण तत्कालका लागि थाति राखी भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्वन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस