Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अस्थायी पुल नै आम्दानीको स्रोत


९ चैत्र २०७३, बुधबार


भीमदत्तनगर । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छ भन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा यहाँको अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता रहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुलबाट तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका छन् । वारि कञ्चनपुरको अमरबस्ती र पारि कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १० र प्रतिव्यक्ति पाँच रकम तिर्नुपर्ने हुन्छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पर्छ ।” पुलका चौकीदार सुन्दर चौधरीले भने–“पुल नहुँदा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।”

अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ । “पुल नभएको भए गाउँमा उत्पादन गरिएको तरकारी बजारमा पुर्याउन पनि गाह्रो थियो ।” चौधरीले भने–“बर्सातमा पुल रहँदैन, घुमाउरो बाटो प्रयोग गर्नुको विकल्प रहँदैन ।”

पुलबाट दैनिक ६ सय देखि नौसयसम्म रकम सङ्कलन हुने गरेको उनले बताए । “पुनर्वास घटनाका बेला एक दिनमै ६ हजार सङ्कलन भयो ।” उनले भने–“झोलुङ्गे पुलका लागि स्थानीयवासीले माग गरेको भए पनि सुनुवाइ भएको छैन ।”

उनले सङ्कलन भएको रकम बर्सातपछि नयाँ पुल निर्माणमा खर्च हुने गरेको बताए । “गाउँले समूहमा आबद्ध भएर पुल मर्मतसम्भारदेखि रकम सङ्कलनसम्म गर्छौं”, उनले भने–“झोलुङ्गे पुल बने यहाँको धेरै समस्या समाधान हुने थिए ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस