राष्ट्रिय टिम तयारीका खेलाडीसँग सदस्य–सचिव विष्टको भेट « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय टिम तयारीका खेलाडीसँग सदस्य–सचिव विष्टको भेट


९ चैत्र २०७३, बुधबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसँग मंगलबार भेट गरेका छन् । सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेट गरी तालिमका विषयमा सदस्य–सचिव विष्टले जानकारी लिएका थिए ।

सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन सुझाव दिदै खेल सामाग्रीको गुणस्तरमा राखेपले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।

‘खेलाडीले अनुशासनमा विशेष ध्यान दिन जरुरी छ । यदि खेलाडीले त्यसमा ध्यान नदिएको पाइएमा प्रशिक्षकलाई पनि कार्वाही हुनेछ ।’ सदस्य–सचिव विष्टले भने– ‘प्रशिक्षणमा खेलाडीलाई कस्तो सामाग्री खाँचो पर्छ । प्रशिक्षकहरुले विवरण बुझाइ दिनुस् । सामाग्रीमा कुनै ‘कम्प्रमाइज’ गरिने छैन ।’

सदस्य–सचिव विष्टले खेलाडीलाई आ–आफ्नो असन्तुष्टी अन्यत्र नभइ सम्बन्धित निकायमा आएर भन्न आग्रह गर्दै सीमित श्रोतले गर्दा चाहेर पनि खेलाडीलाई भने जस्तो सुविधा दिन नसकेको बताए । उनले सुविधाले मात्र नतिजा हासिल गर्न नसकिने बताउदै त्यसका लागि इच्छाशक्ति पनि आवश्यक रहने धारणा व्यक्त गरे । उनले खेलाडीलाई संघको विवादमा ध्यान नदिइ आफ्नो प्रशिक्षणमा केन्द्रित हुन सुझाउदै दशरथ रंगशालाको भीआईपी प्यारापिट भत्काउने प्रकृयामा रहेकाले खेलाडीको प्रशिक्षणका लागि अन्यत्र उपयुक्त स्थान खोचिने बताए ।

फागुन २६ गतेदेखि सुरु राष्ट्रिय टिम तयारीमा हाल विभिन्न ११ खेलका ८३ पुरुष र ७० महिला खेलाडी प्रशिक्षणमा सहभागी छन् । राष्ट्रिय टिम तयारीमा समावेश खेलमा उसु, तेक्वान्दो, कराते, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, सुटिङ, ब्याडमिन्टन, आर्चरी र जुडो रहेका छन् ।
‘सबै खेलको तयारी हाल उपत्यका केन्द्रित छ ।’– राष्ट्रिय टिम तयारीका निर्देशक रिम रानाभाटले जानकारी गराउदै भने– ‘कुस्तीको हकमा सबै खेलाडी तराइकै भएकाले कुस्तीको प्रशिक्षण तराईमै गर्ने सोचमा छौं । त्यसैले कुस्तीको प्रशिक्षण सुरु गरेका छैनौं ।’

कुस्तीमा समान ८–८ पुरुष÷महिला खेलाडीलाई तयारीमा राखिने छ । रानाभाटले पौडी र ट्रायथलनको प्रशिक्षण पनि चाँडै सुरु गरिने बताउदै खेलाडी संख्या पनि थप हुन सक्ने जानकारी गराए ।

सातौं राष्ट्रिय खेलकुद र १२ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनका आधारमा खेलाडीलाई राष्ट्रिय टिम तयारीमा सामेल गरिएको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी २०६९ साल साउनदेखि राष्ट्रिय टिम तयारी थालिएको थियो । पछिल्लोपटक भारतमा भएको १२ औं सागमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षणपछि राष्ट्रिय टिम तयारी रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस