Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सवै विद्रोही पक्ष शान्ति वार्तामा सहभागी हुन्छन्ः राष्ट्रसङ्घ


९ चैत्र २०७३, बुधबार


स्वीट्जरल्याण्ड । सिरियाली सरकार र विद्रोही पक्षका प्रतिनिधिमण्डलले राष्ट्रसङ्घको पहलमा यसै हप्ता जेनेभामा हुने दोस्रो चरणको शान्तिवार्तामा सहभागीता जनाउने प्रतिवद्धता जनाएका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

सिरियाको राजधानी दमास्कस वरपरका क्षेत्रमा पुनः द्वन्द्व चर्किएको जनाउँदै केही विद्रोहीले रसिया र टर्की लगायतका मुलुकको पहलमा काजकिस्तानको राजधानी अस्तानामा सहजीकरण वार्तामा केही विद्रोहीले सहभागिता जनाएका थिएनन् ।

सन् २०१७ को फेव्रुवरीमा भएको पहिलो चरणको वार्तामा सहभागी सवै पक्षले दोस्रो चरणको वार्तामा सहभागिता जनाउने प्रतिवद्धता जनाइसकेका राष्ट्रसङ्घका प्रवक्ता अलेजान्ड्रा भेलुसीले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

उनले राष्ट्रसङ्घका सिरिया शान्तिवार्ताका लागि सहजकर्ता स्टेफेन डे मिस्टुराले आँफू जेनेभा फर्किनु अघि अहिले सिरियाली द्वन्द्वरत पक्षलाई शान्तिवार्तामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरिरहेका साउदी अरब, रसिया र टर्की लगायतका शक्तिराष्ट्रसँग द्वन्द्वरत पक्षलाई सन्तुलनमा ल्याउन छलफल गरिरहनुभएको बताए ।

डे मिस्टुराले साउदी अरब, रसिया र टर्की लगायतका यस क्षेत्रका शक्तिराष्ट्रसँगको कुराकानीलाई सक्नुभएपछि राष्ट्रसङ्का उप विशेष प्रतिनिधि एजेलदिन राम्जीले सरकार र विद्रोहीवीच छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरी दोस्रो चरणको वार्ताका लागि छलफल चलाउनु हुने भेलुसीले बताए ।
सम्पूर्ण विद्रोही पक्षको सहभागिताले राष्ट्रसङ्घ शान्तिवार्ताका लागि सकारात्मक उर्जा मिल्ने उनले बताएका थिए ।

सिरियाको राजधानी दमास्कस र वरपरका क्षेत्रमा पुनः द्वन्द्व चर्किएको जनाउदै केही विद्रोहीले रसिया र टर्की लगायतका मुलुकको पहलमा काजकिस्तानको राजधानी अस्तानामा सहजीकरण वार्ताका लागि बोलाइएकोमा सहभागिता जनाएका थिएनन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस