Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

समयमै निर्वाचन सम्पन्न गराउन एमालले जनदबाब सृजना गर्ने छः नेता खनाल


९ चैत्र २०७३, बुधबार


इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् ।

इलामको इरौँटारमा एमाले गाउँ कमिटीले मंगलबार आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उनले भनेृ–“ देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले भएकाले अगामी निर्वाचनपछि मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले “सरकारले केही मुठ्ठीभरका व्यक्तिलाई खुसी पार्न स्थानीय तहको निर्वाचन घोषणा गरेकाले तोकिएकै मितिमा हुनेमा आशङ्का छ”, भन्दै “मुलुक निर्वाचनतर्फ अघि बढिसकेकाले जनदबाब सृजना गरेर भए पनि एमालेले स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताए ।”

स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन सम्पन्न भएमा मात्र संविधान पूर्ण कार्यान्वयन हुने बताउँदै उनले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि केही व्यक्ति र समूहले यसलाई कार्यान्वयनमा आउन नदिन खोजेको आरोप लगाए ।

वरिष्ठ नेता खनालले संसद्मा पेस भएको संविधान संशोधन विधेयक एमालेले कुनै पनि हालतमा पास हुन नदिने बताए । रासस

प्रतिक्रिया दिनुहोस