Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर सञ्चालन


९ चैत्र २०७३, बुधबार


रौतहट । नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनाको समन्वयमा मंगलबारबाट यही १४ गतेसम्म रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर’ सञ्चालन गरिएको छ । उक्त स्वास्थ्य शिविर नेपालको तराई भू–भागस्थित पिछडिएका, विपन्न र स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका विशेष गरी महिला वर्गलाई लक्षित गरि सञ्चालन गरिएको हो ।

सोही क्रममा जिल्ला अस्पताल रौतहटमा उपचार हुन नसकी वीरगञ्जस्थित क्षेत्रिय अस्पताल रिफर गर्न लागिएकी सोही जिल्ला करकच कर्मैया बस्तिकी ३५ की सुखिया देवी साहको नेपाली सेनाबाट खट्टिएका चिकित्सकहरुले सल्यक्रिया गरी नवजात शिसुको जन्म गराउन सफल भएका छन् ।

स्वास्थ्य शिविर कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापा, मध्य पृतनाका पृतनापति, रथीहरु, स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

यस प्रकारको कार्यबाट जनतालाई स्वास्थ्य सेवामा थप मद्दत पुग्नुका साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरीक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ । जनतालाई यसरी सेवा प्रदान गर्न पाएकोमा नेपाली सेनाले हर्ष महशुस भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस