Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिनामापदण्ड कर्मचारी सरुवाप्रति सङ्गठनको आपत्ति


प्रशासन संवाददाता

८ चैत्र २०७३, मंगलबार


काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिले स्थानीय तहमा कर्मचारी सरुवा गरेको प्रति आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष दिलबहादुर पौडेलले मंगलवार विज्ञप्ति प्रकाशित गरी पूर्वाग्राही तरिकाले बिनामापदण्ड मन्त्रालयले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति भएपनि मन्त्रालयले जथाभावी सरुवा गरेको उनले बताए ।

विज्ञप्तिमा देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा जथाभावी सरुवा गरेर आत्मबल कमजोर बनाउन खोजेको उल्लेख गरिएको छ ।

मन्त्रालयले ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत पदका लागि कर्मचारी सरुवा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस