आज विश्व कविता दिवस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज विश्व कविता दिवस


८ चैत्र २०७३, मंगलबार


काठमाडौँ । आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिए ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस