Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

झापामा एकहजार १६५ जनामा हात्तीपाइले


८ चैत्र २०७३, मंगलबार


झापा । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् ।

त्यस्तै, यस वर्ष सातलाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यसका लागि करिब १८ लाख ५० हजार डिइसी र आठलाख ५० हजार थान एलेन्डालोज ट्याब्लेट वितरण गरिने जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए । औषधि खुवाउन जिल्लाभर तीनहजार ७८६ जना स्वयम्सेवक र ४०० स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले हात्तीपाइलेविरुद्धको औषधि सेवनका विषयमा सर्वसाधारणमा भ्रम रहेकाले भ्रममा नपरी निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरे । उनले वर्षैैपिच्छे लगातार छ पटकसम्म औषधि सेवन गरे मानिसको शरीरबाट हात्तीपाइलेको परजीवी समाप्त हुने र सर्ने सम्भावना न्यून हुने बताए ।

हात्तीपाइलेको औषधि ७० वर्ष कटेका, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो र मिर्गौला रोगी तथा छारे रोगीले सेवन गर्न नहुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस