Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गुणस्तरीय जीवनस्तर निर्माण गर्न निर्देशन


८ चैत्र २०७३, मंगलबार


काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि केही विषय मन्त्रिपरिषद्मा निर्णयका लागि लगिँदै गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले बताएका छन् ।

सहरी स्वास्थ्य क्षेत्रको विषयमा कुरा गर्दै मन्त्री थापाले काठमाडौँ महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई राजधानीको वातावरण सुधार गरी गुणस्तरीय जीवनयापन गर्ने प्रणाली विकास गर्न आग्रह गरे ।

सोमबार मन्त्री थापाको कार्यकक्षमा सम्पन्न राजधानी सहरको वातावरण र जनस्वास्थ्य समस्या समाधान गर्ने कार्यक्रमको निर्माण विषयमा भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् ।

देशमा महानगर धेरै हुन सक्छन्, तर केन्द्रीय राजधानी भएकोले काठमाडौँलाई सिकाइ नमूना स्थल बनाउनु पर्छ, मन्त्री थापाको भनाइ थियो ।

महानगरका प्रमुख तथा कार्यकारी अधिकृत पौडेलले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नसके सेवाबाट सन्तुष्टी प्राप्त हुने कुरामा आफू सचेत रहेको बताएका थिए ।

मन्त्री र प्रमुख तथा कार्यकारी अधिकृतबीच करिब ४५ मिनेट चलेको छलफलमा सहरमा धुलो नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा मन्त्रालय र महानगर, एकीकृत स्वास्थ्य सेवा वितरण प्रणाली, फोहोरमैला व्यवस्थापन, सेवासँग कर दस्तुर आबद्ध गर्ने तथा सेवा सन्तुष्टिका विषय केन्द्रित थिए । रासस

प्रतिक्रिया दिनुहोस