अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने « प्रशासन
prasaLogo
७ चैत्र २०७३, सोमबार

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने


प्रकाशित मिति : 20 March, 2017 8:46 am

काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आइतवार मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस