संविधान संशोधन नभए निर्वाचन हुन सक्दैनः अध्यक्ष यादव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधान संशोधन नभए निर्वाचन हुन सक्दैनः अध्यक्ष यादव


प्रशासन संवाददाता

७ चैत्र २०७३, सोमबार


पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने बताएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपाल पर्साले पोखरियामा अयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद्बाट पारित भएपछि मात्र तराइ मधेसमा निर्वाचनको वातावरण निर्माण हुने बताए ।

अध्यक्ष यादवले मधेसी, मुस्लिम, दलित जनजातिलगायत उत्पीडित वर्गको मागलाई सम्बोधन नगरी सरकारले जबर्जस्ती रुपमा निर्वाचन लाद्न खोजे त्यसो कडा विरोध गर्ने बताउँदै जनतालाई अधिकारबाट वञ्चित गरी गर्ने भनिएको निर्वाचन आफ्नो दल र मधेसी मोर्चालाई स्वीकार्य नहुने बताए ।
एमाले हठका कारण सप्तरी घटना भएको आरोप लगाउँदै उनले भने “अन्धो राष्ट्रभक्तिका नाममा एमाले समुदाय समुदायबीच भिडन्तको अवस्था सिर्जना गराउन खोजेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस