Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

देउवाले आफ्नो जिम्मेवारी नबुझेका कारण पार्टीमा समस्याः पौडेल


प्रशासन संवाददाता

७ चैत्र २०७३, सोमबार


झापा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले देशलाई अघि बढ्ने बाटो खुलाउने बताएका छन् ।

नेपाली काँग्रेस झापाले विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताए । दलका नेतृत्वले जिम्मेवारी पूरा गरे तोकिएकै समयमा चुनाव हुने उनको भनाइ थियो ।

जनता चुनावले उत्साहित भएको चर्चा गर्दै नेता पौडेलले जनअपेक्षाप्रति राजनीतिक दल उत्तरदायी हुनुपर्ने बताए । “उग्र र खोक्रो राष्ट्रवादका कुरा गरे निर्वाचनमा व्यवधान खडा हुन्छ,” उनले भने, “कोही कसैबाट निर्वाचन विरोधी गतिविधि हुनुहुँदैन ।”

मुलुकमा चुनावी चहलपहल आए पनि एमाले र मधेसवादी दलका कारण चुनाव हुने कुरामा शङ्का÷उपशङ्का गर्ने अवस्था सिर्जना भएको उनले बताए । । “एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडी बढ्न सक्दैन,”– उनले भने, “एमालेको राष्ट्रवाद र मधेसवादी दलको मधेस प्रेरित सोच घातक छ ।”
उनले काँग्रेसभित्र एकता नभएको र पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जिम्मेवारी नबुझेका कारण समस्या बढेको बताए । देउवा धेरैपटक प्रधानमन्त्री भइसक्नुभएकाले त्यो अनुभव उहाँले पार्टीको एकतामा खर्चनु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले मुलुकको राजनीतिक नेतृत्व असक्षम भएकाले परिवर्तनमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस