Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वी चीनमा डुङ्गा दुर्घटनामा दुईको मृत्यु, आठ बेपत्ता


७ चैत्र २०७३, सोमबार


चीन । पूर्वी चीनमा माछा मार्ने माझी लिएर हिँडेको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा दुई माझीको मृत्यु भएको छ भने आठ जना पानीमा डुबेर बेपत्ता भएका स्थानीय प्रशासनले बताएको छ ।

डुङ्गा दुर्घटनामा दुई जनाको मृत्यु भएको र आठ माझी बेपत्ता भएको स्थानीय सामुद्रिक तटवर्ती क्षेत्रका अधिकारीले जनाएका छन् । वेपत्ता माझीको खोजी कार्य जारी रहेको बताइएको छ ।

एघार जना लिएर समुद्रमा माछा मार्न निस्केको एक डुङ्गा आइतबार बिहान करिब ५ बजेतिर सुलाङघु टापु नजिक डुबेको र यसमा यात्रारत पाँच जनालाई सुरक्षित उद्धार गरिएको तटवर्ती सुरक्षा प्रशासनका प्रवक्ताले बताए ।

यसैगरी झाङझाउ सहर नजिकै अर्को एक डुङ्गा पानीभित्रको चट्टानमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा दुई जनाको पानीमा डुबेर मृत्यु भएको छ भने दुई जना बेपत्ता रहेका बताइएको छ ।

बेपत्ताको खोजीका लागि सामुद्रिक क्षेत्रमा डुङ्गा तथा हवाई सहयोग पठाई खोजी कार्य जारी राखिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस