Logo २४ कार्तिक २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीको भ्रमण विश्वास बढाउने अवसरः परराष्ट्रविद्


७ चैत्र २०७३, सोमबार


काठमाडौँ । परराष्ट्र मामिलाका जानकारहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणलाई दुवै देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले भ्रमणलाई विगतमा चीनसँग नेपालले गरेको सन्धि सम्झौता कार्यान्वयनमा उपयोग गर्नुपर्ने बताए ।

पछिल्ला दशकमा चीनको अन्तर्राष्ट्रियस्तरमा बढ्दो शक्ति र उपस्थितिले चीनसँगको कूटनीतिक आयाम परिवर्तन भएको बताउँदै उनले नेपालले पनि सोहीअनुसार नै बुझ्नुपर्नेमा जोड दिए ।

सन् १९९६ पछि कुनै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराजदूत आचार्यले त्यसका लागि नेपालमा उपयुक्त वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री दाहालको चीन भ्रमण वर्तमान सरकार गठनका बेला भएको आलोचना सच्याउने अवसरका रुपमा हुने जिकिर गरे ।

भ्रमणका दौरानमा ‘वान बेल्ट वान रोड’ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गर्दै उहाँले उक्त सम्झौताले नेपालमा चीनबाट रेल र तेल (पेट्रोलियम पदार्थ) ल्याउन सहज हुने बताए । दुवै देशको कूटनीतिक वार्तामार्फत उत्तरी नाकाको विकास र विस्तार गरी नेपालको उत्तरी क्षेत्रमा कायम रहेको आर्थिक विपन्नता हटाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा सांसद एवम् नेपाल–भारत प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले भ्रमणको पूर्वसन्ध्यामा पनि प्रधानमन्त्रीको भ्रमणका बारेमा स्पष्ट हुन नसक्नुमा आश्चर्य व्यक्त गरे ।

विगतको सरकारले चीनसँग गरेका पारवहन र यातायात सम्झौता कार्यान्वयन गर्न सरकार अग्रसर हुनुपर्ने बताउँदै सांसद भट्टराईले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीनसँग विश्वासको वातावरण बढाउने मौकाका रुपमा लिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले यही चैत १० गतेदेखि चीनको भ्रमण गर्ने तयारी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस