Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने


प्रशासन संवाददाता

६ चैत्र २०७३, आइतबार


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् ।

नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास कसोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ ।

महासेनानी प्रयोगजंग राणाले शान्ति अभ्यास युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने बताए

नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ ।

त्यसपछि हरेक वर्ष निरन्तररुपमा यो अभ्यास शान्ति प्रयाससंग जोडिएर विभिन्न नाममा चल्दै आएको छ ।

नेपाली सेनाद्वारा आइतवार तालिम केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति एवम् महासेनानी प्रयोगजंग राणाले शान्ति अभ्यास युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने बताए ।

अभ्यासमा एकहजार २४ जना विभिन्न देशका सेनाले भाग लिने पनि उनले जानकारी दिए । यसअघि सन् २०१३ मा भएको शान्ति अभ्यास दुईमा २३ मुलुकका सेनाले भाग लिएका थिए । तालिममा नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि भाग लिनेछ ।

यस अभ्यासमा नेपाली सेना र विदेशी सेनाका गरी ७५ जना सैनिकले भाग लिनेछन् । स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेको छ । उक्त तालिमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अभ्यासबाट शान्तिस्थापनामा खटिएका मुलुकका सेनाबीचमा काममा एकरुपता भई कार्यदेश पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस