क्याम्पसको स्तरोन्नतिका लागि शैक्षिक महोत्सव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्याम्पसको स्तरोन्नतिका लागि शैक्षिक महोत्सव


प्रशासन संवाददाता

६ चैत्र २०७३, आइतबार


खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सातदिने महोत्सव सुरु गरिएको छ ।

क्याम्पसको शैक्षिक तथा भौतिक विकास गर्दै मुलुकभरकै नमुना बनाउनका लागि सहयोग सङ्कलन गर्न ‘दिक्तेल बहुमुखी क्याम्पसको सुनौलो अभियान, कार्यक्रम विस्तार एवम् गुणस्तर सुधार हाम्रो अभियान’ नारासहित आजदेखि सो महोत्सव सुरु गरिएको हो ।

क्याम्पस प्रमुख प्राध्यापक डा सुकराज राईका अनुसार विसं २०३७ मा स्थापना गरिएको सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा रु पाँच करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि दिक्तेल क्याम्पसमा मानविकी सङ्कायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको छ । जिल्लाकै पुरानो क्याम्पसमा भौतिक पूर्वाधार अभावमा कक्षा सञ्चालन गर्न समस्या भइरहेको छ । महोत्सव चैत १२ गतेसम्म सञ्चालन हुने छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस