चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी


६ चैत्र २०७३, आइतबार


बेईजिङ । चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी तिव्र पारिएको छ ।

दुई देशका विदेश मन्त्रीले दुई देशका राष्ट्रपतिको प्रत्यक्ष भेटबार्ताका लागि पूर्वतयारी स्वरुप विभिन्न छलफल गरेका छन् ।

चीनका विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले शनिबार दिउसो बेईजिङमा साझा एजेण्डाका बारेमा कुराकानी गर्नुभएको छ ।

वाङले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई अत्यान्त महत्वपूर्ण बनाउनेगरी तयारी गरिरहेको कुराकानीका क्रममा टिलर्सनलाई बताउनुभएको छ । विदेश मन्त्रीका रुपमा टिलर्सनको यो पहिलो चीन भ्रमण हो ।

टिलर्सनले पनि दुई देशबीचको छलफल र सहकार्य निरन्तर र सुमधुर भइरहेको विश्वास व्यक्त गरे । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस