मकैको बीउ वितरण सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मकैको बीउ वितरण सुरु


५ चैत्र २०७३, शनिबार


काभ्रेपलाञ्चोक । जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ ।

यस वर्ष मकै रोप्ने मौसम सुरु भइसकेको छ । जिल्लाभरि २० टन मकैको बीउ उपलब्ध गराइने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताए । उनका अनुसार जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा मकैको बीउ वितरण गर्ने काम सुरु भइसकेको छ । कार्यालयले विभिन्न क्षेत्रको उचाइका आधारमा मकैका बीउ उपलब्ध गराउँदै आएको छ । कार्यालयमा हाल देउती, अरुण, गणेश, रामपुर कम्पोजिट र गणेश जातका मकैका बीउ उपलब्ध छन् ।

कृषि कार्यालयले आगामी जेठको पहिलो हप्तासम्म मकैको बीउ वितरण गर्ने छ । भूमिडाँडाको इन्द्रावती कृषि सहकारी, बेलाको आत्मनिर्भर कृषि सहकारी, काशिखण्डको जोरसल्ला कृषि सहकारी लगायतबाट मकैको बीउ सङ्कलन गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस