यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु « प्रशासन
prasaLogo
५ चैत्र २०७३, शनिबार

यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु


प्रकाशित मिति : 18 March, 2017 8:07 am

जेनेभा(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घले बिहीबार राति सोमालियाली शरणार्थी लिएर यमनी रेड सी (सामुद्रिक) तटीय क्षेत्रमा हिँडिरहेको एउटा डुङ्गामा आक्रमण हुँदा कम्तिमा ३१ जना शरणार्थीको मृत्यु भएको जनाएको छ ।

आप्रवासी मामिला हुर्ने अन्तर्राष्ट्रिय सङ्गठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनीलाई अस्पताल भर्ना गरिएको छ ।

यमनको विद्रोहीद्वारा सञ्चालित समाचार संस्थाले शुक्रबार दिएको जानकारीमा घटनामा दर्जनौँ मरेका र ठूलो सङ्ख्यामा घाइते भएका बताइएको छ ।

होडेइडा प्रान्तको बाबअल मान्दब स्ट्रेटमा आक्रमणमा भएको उक्त घटनाप्रति संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले गहिरो चासो व्यक्त गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस