गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


५ चैत्र २०७३, शनिबार


आफ्नो त कतिसँग कतिसँग गुनासो छ
यस्तो लाग्छ आफ्नै प्रगतिसँग गुनासो छ

सर्वस्व दिएर पनि चित्त बुझाउन सकिएन
कसम मेरो त आफ्नै श्रीमतीसँग गुनासो छ

न मान्छे गतिला छन् न कानुन नै राम्रो छ
साँच्चै मलाई यो देशको पद्दतीसँग गुनासो छ

ढुङ्गालाई आस्थाको मन्दिर बनाएर पूजा गर्ने
त्यो चन्दन अक्षता फूल आरतीसँग गुनासो छ

मरेर भोलि के लैजान्छन् कुन्नी यी मान्छेहरुले
मलाई यी दरिद्र मान्छेको सम्पत्तिसँग गुनासो छ

Tags :
प्रतिक्रिया दिनुहोस