बाहिर सेतो बनाएका, भित्र कालो धेरै
परेवाको स्वरुपमा माकुराको जालो धेरै
पर्खिनेहरु पर्खिरहे, पाएनन् केही अझै
मौकापरस्तले पाईरहेछ यहाँ पालो धेरै
तहल्का मच्चियो उसले पगडी पाउँदा
भरियो मालाले उसैको कठालो धेरै
गाउभरी हल्ला एउटा, अर्कै नतिजा
साख्खैहरुको मालामाल डालो धेरै
कसरी कसले तोड्ने त्यो तगारो अब
आउँदैछ सोझा सताउन भुईंचालो धेरै
सोचेको थिएँ, आत्मियता कति कति
मनको तराजुमा घटी बढी करालो धेरै