Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुलुकभर लोडसेडिङ हट्यो


४ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ ।

विगत केहीदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने बिहीवार साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको छ ।

काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले मुलुकभर नै त्यसलाई निरन्तरता दिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

साँझको समयमा औद्योगिक क्षेत्रमा भने चार घन्टा विद्युत् कटौती गरिएको छ । मुलुकभित्रै रहेका ठूला तथा मझौला आयोजनालाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणले हाल ९३० मेगावाट विद्युत् उपलब्ध गराइरहेको छ । कुल मागको दुई तिहाइ माग काठमाडौँ उपत्यकाभित्र रहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दा घरायसी प्रयोगका लागि विद्युत् उपलब्ध गराउन सहज भएको प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले बढी विद्युत् खपत गर्ने उपकरण साँझको समयमा नचलाउन उपभोक्तालाई आग्रह पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस